नियम २१
सिफारिस पेश गर्नु पर्ने
(१) आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहको भएको व्यहोरा प्रमाणित हुने गरी देहायका निकायबाट गरिएको सिफारिस दरखास्त साथ पेश गर्नु पर्नेछ:-
(क) शहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट,
(ख) अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहबाट,
(ग) सामुदायिक विद्यालयमा अध्ययन गरेको व्यक्तिले सामुदायिक विद्यालयमा अध्ययन गरेको पुष्टि हुने सम्बन्धित विद्यालयको प्रमाणपत्र सहित स्थानीय तहबाट ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिँदाका वखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ र त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नु पर्नेछ ।
(३) घाइते वा अपाङ्गता भएका व्यक्तिले उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस दरखास्त साथ पेश गर्नु पर्नेछ ।